इटहरी : कोसी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७७।१२।०९ गतेको फैसला आदेशले लागूऔषध मुद्वामा ५ वर्ष कैद सजाय फैसला भएपनि हालसम्म फरार रहँदै आएका इटहरी ८ का ३४ वर्षीय रिकेश चौधरीलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराएर तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post