धरान : नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट धरानका क्याम्पसमा स्ववियु जित्ने पदाधिकारीलाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।
बुधबार नेपाली कांग्रेस धरान नगर समितिले धरानका ४ वटै क्याम्पसबाट निर्वाचित नेविसंघबाट नेतृत्व गरेका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा पूर्व सांसद मीना सुब्बा र धरान नगर समितिका सभापति श्याम पोख्रेल लगायतले निर्वाचित पदाधिकारीलाई खादा लगाएर सम्मान गरेका थिए ।
सम्मानित हुनेहरूमा केन्द्रीय प्रविधि हात्तीसार क्याम्पसबाट सभापतिमा निर्वाचित अभिनव गुरागाँईसहित सदस्यहरूमा हुकुम भुजेल, सृजल भट्टराई, वर्षा गुरुङ, विपसल मुखिया रहेका छन् ।
यस्तै, पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसका सभापति नवीन श्रेष्ठ, कोषाध्यक्ष महेश्वरप्रसाद भट्ट, सदस्यहरूमा अत्युश कार्की, पुरषोत्तम रिजाल, सागर वस्याल, सेजल पोद्दार, अमिर कार्कीलाई सम्मान गरिएको छ ।
यस्तै, पिण्डेश्वर विद्यापीठका कोषाध्यक्ष पुष्कर निरौला, सदस्यहरू सोमनाथ दाहाल, मनोज सुवेदीलाई सम्मान गरिएको छ ।
यस्तै, महेन्द्र बहुमुखी क्याम्पसको सचिवमा सनिक श्रेष्ठ (मल्ल) सदस्यहरूमा नितेश राई, शुक्रराज ईजम, मन्दीप पराजुली, हस्तकला राई, शुभराज राई र आलोक लिम्बूलाई सम्मान गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि सुब्बाले नेविसंघ पार्टीको मेरुदण्ड रहेको बताइन् । नेविसंघबाट निर्वाचित पदाधिकारीले विद्यार्थीको हितमा काम गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, जिल्ला सचिव माधव घिसिङ, पूर्व सभापति तिलक राई, सुनसरी क्षेत्र १ (क) र (ख) का सभापतिहरू अनिल श्रेष्ठ र मुरारीप्रसाद भट्टराई लगायतको उपस्थिति थियो भने कांग्रेस नगर समितिका सचिव हिमाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।














Discussion about this post