दुहबी : ठगी मुद्वामा कैद तथा जरिवाना फैसला भएपनि फरार रहँदै आएका सुनसरीको दुहबी नगरपालिका १० का ३७ वर्षीय सञ्जय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७५।०२।२७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्वामा १ वर्ष ७ महिना कैद र पाँच लाख ६८ हजार चार सय पचास रुपैयाँ जरिवाना तोकेको थियो ।
कैद तथा जरिवाना तोकिएपनि हालसम्म फरार रहँदै आएका चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुईदिनअघि पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई अदालत उपस्थित गराएर तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि झुम्का कारागार, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post