इटहरी : कोसी प्रदेश नामकरणको विषयलाई लिएर आपसी सद्भाव भड्काउने खालका क्रियाकलाप नगर्न राजनीतिक दलहरूले प्रदेशबासीमा आग्रह गरेका छन्।
नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेस प्रदेश कमिटी सभापति उद्धव थापा, माओवादी केन्द्र प्रदेश कमिटी सचिव गणेश उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश कमिटी अध्यक्ष राम थापाले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेका हुन् ।
जनताबाट निर्वाचित सांसदहरूको छलफल र निर्णयबाट सार्वभौम सम्पन्न प्रदेशसाभबाट कोसी प्रदेश नाम तय भएकाले यो वृहत्तर उपलब्धिलाई आत्मसाथ गर्नुपर्ने दलहरूले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा हार्दिक अनुरोध गर्दछौं ।’















Discussion about this post