इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७९।०२।१७ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ४७ लाख रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका पौवादुम्बा गाउँपालिका ५ भोजपुर घर भइ इटहरी उपमहानगरपालिका १६ बस्दै आएका ४१ वर्षीय भुवनबहादुर कटुवाललाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका कटुवाललाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post