विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुनका विद्यार्थीहरू सामााजिक इञ्जिनियर (सोसियल इञ्जिनियर) भएकाले उनीहरूले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताएका छन् ।
मङ्गलबार विराटनगरस्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भइन्छ ।’
नेपालमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले कानूनको जनशक्ति उत्पादनमा भरथेग गरेको चर्चा गर्दै राज्यले पुरै लगानी गरेर भौतिक संरचना बनाइदिएका शैक्षिक संस्थाहरू दिनप्रतिदिन कमजोर बन्दै गएको उनको दाबी छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने, ‘मेरो पढाइमा जति लगाव भएर निस्कने मेरो र अभिभावकको चाहाना भएपनि मैले त्यो पूरा गर्न सकिन, त्यसमा मलाई पछुतो त छैन, विद्यार्थी राजनीतिमा जोडिएर अलिक बढी समय राजनीतिमा खर्च गरेका कारण पढाईलाई त्यो स्तरमा लैजान सकिन, पढाई सकेर राम्रो लयर बन्ने धोको राखेको थिएँ, त्यो क्रममा प्रवेश नै गर्न पाइन, मलाई त्यसमा पछुतो लागेको छ ।’
समयको व्यवस्थापन गर्न नसक्दा आफ्नो शैक्षिक गतिविधि अगाडि नबढेपनि नयाँ विद्यार्थीले भने यी कुरा मनन गर्नुपर्ने कार्कीले बताए ।












Discussion about this post