इटहरी : पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज (बुधबार) बिहान ५ः५० बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।
कोसी प्रदेशका विराटनगर, इटहरी, धरानसहित पूर्वी पहाडी जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा ४ म्याग्नेच्युडको भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Discussion about this post