मोरङ : मोरङको उर्लाबारी निवासी नीतम चौहानलाई ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
नेकपा (एमाले) निकट युवासङ्घ नेपाल उर्लाबारी नगर कमिटी संयोजक चौहानलाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरिएको हो ।
मंसिर २ मा उर्लाबारी ६ मा रहेको तरल क्याफेमा दुई समूहबीच झडप भएको थियो । त्यसबेला उर्लाबारी ४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी ६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको थियो ।
पुरानो रिसइबीलाई लिएर धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको थियो ।
त्यसबेला तीनजना घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी ५ का आशङ्क लिम्बू र उर्लाबारी ६ का रजत थापालाई पक्राउ गरेको थियो । चौहान भने फरार थिए ।
फरार चौहानलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post