सुनसरीमा शुक्रवार थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सुनसरीको हरिनगरा क्वारेन्टिनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, बर्जु गाउँपालिकाको थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैबीच धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजनामा कोरोना पुष्टि भएको थियो ।
यो सँगै सुनसरीमा शुक्रवार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्रोतले बताएको छ ।
आजको १६ जना सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ३४ जना पुगेको छ ।
Discussion about this post