सुनसरीको कोशीटप्पुस्थित वन्यजन्तु आरक्षमा हात्तीको बच्चा मरेका छ । कोशीटप्पु वन्यजन्तु आरक्षका लक्ष्मीकली हात्तीले शुक्रबार साँझ ५ बजेतिर जन्म दिएको एक बच्चा राति ११ बजे मरेको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा हेरचाह गर्ने प्राविधिक नहुँदा हात्तीको बच्चाको ज्यान गएको स्थानीयहरूले दाबी गरे पनि समय अगावै हात्तीले बच्चा जन्म दिएकोले मरेको आरक्ष प्रशासनले जनाएको छ । यद्यपि सरुवा भएदेखि अर्को प्राविधिक कोशीटप्पुमा ल्याउन आरक्ष प्रशासनले पहल नगर्दा हात्तीको उपचारमा समस्या आउने गरेको बताइएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी सन्तोषकुमार भगतले सामान्यतया २२ देखि २४ महिनासम्ममा हात्तीले बच्चा जन्म दिनुपर्नेमा १३ वर्षको लक्ष्मीकलीले १६ महिनामै जन्म दिएकोले अकालमा बच्चाको मृत्यु भएको प्रतिक्रिया दिए ।
उता कोशी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारीले भने आँफूहरुलाई कुुनै खबर नै नआएको र कोशीटप्पु वन्यजन्तु आरक्ष सबैको साझा सम्पत्ति भएपनि अहिलेको आरक्ष प्रशासन एकलौटी चल्न खोजेको आरोप लगाए ।
Discussion about this post