झापा : झापाको शिवसताक्षीमा एकल महिलाको हत्या भएको आशंका गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं ६ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या भएको आशंका गरिएको हो ।
बिहीवार घरनजिक फिलुङ्गेको नलले छोपिएको अवस्थामा उनको शव भेटिएको थियो । दुई दिनअघि हत्या गरेर कसैले शव लुकाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले शंकास्पद अवस्थामा महिलाको शव भेटिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।
वडाध्यक्ष मनोज खुलालका अनुसार प्रधान मंगलबारदेखि हराइरहेकी थिइन् । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post