इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुचित लेनदेन (मिटर ब्याज) विरुद्व उजुरी हेर्न सहायक कक्ष सञ्चालनमा आउने भएको छ ।
नेपाल सरकारको गत चैत २० गरेको निर्णय अनुरूप सुनसरीमा समेत सायक कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।
उनले एक सूचना जारी गर्दै आइतबारबाट सहायक कक्ष सञ्चालनमा आउने जनाएका छन् । सहायक कक्ष स्थापना भएसँगै मिटर ब्याज पीडितहरूलाई उजुरी दिन पनि आह्वान गरिएको छ ।

सूचनामा भनिएको छ ‘सहायता कक्षबाट निवेदन फाराम निस्शुल्क उपलब्ध गराइ निवेदन फारम समेत कर्मचारी लेनै भर्ने प्रबन्ध मिलाइएकोले पूर्व निवेदनकले समेत यही वैशाख १७ गते देखि ३१ गते १५ पन्ध्र दिनभित्र कार्यालयमा आइ वा निम्न बमोजिमको लिङ्कमा गइ निवेदन भर्नुहुन यो सूचना मार्फत सबैमा जानकारी गराइन्छ ।’














Discussion about this post