विराटनगर : कोसी प्रदेश सरकारले चारजना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारी (सोम सुसेली) र झापाकी अम्बिका भण्डारीलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

उनीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गरे ।














Discussion about this post