धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप २८ जनाले कोरोना जितेका छन् ।
कोरोना सङ्क्रमित भएर उपचारका लागि भर्ना भएको र पछिल्लो पटक पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकाले उनीहरूलाई डिस्चार्ज गरिएको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनीहरू सबै झापाको रहेको बताइएको छ । निको भएर घर फर्किनेमा १८ देखि ५६ वर्षका पुरुषहरू रहेको जनाइएको छ ।
Discussion about this post