Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी आएर खेलकुदमन्त्री लिम्बूले भने, ‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म जानुपर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८०
in समाचार
0
इटहरी आएर खेलकुदमन्त्री लिम्बूले भने, ‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म जानुपर्छ’
122
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल सरकारका खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अहिले देखिएको भुटानी शरणार्थी प्रकरणमा सबै कुरा बाहिर आउनुपर्ने र अनुसन्धान अझै जरासम्म जानुपर्ने बताएका छन् ।

इटहरीस्थित नेपाली कांग्रेसका नेता विकास केसीको निवासमा शनिबार भएको कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री लिम्बूले वर्तमान अवस्थामा देखिएको भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जो कोही भएपनि कारबाहीको दायरामा आउनुपर्ने र अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका उनी मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।

मन्त्री भएपछि आफ्नो गृहजिल्ला मोरङ आएका उनले सुनसरीको इटहरीमा कार्यकर्ता भेटघाटका क्रममा अहिले देशमा भ्रष्टाचारको कुरा उठिरहँदा सबै कार्यकर्ताले अनुसन्धान प्रभावित नर्पान र अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

‘यो प्रकरणमा मेरो पार्टीको पर्यो, हाम्रो मान्छे पर्यो भन्ने हेर्नुहुँदैन,’ पत्रकारहरुको प्रश्नमा उनले भने, ‘अनुसन्धानमा हामीले सहयोग गर्नुपर्छ । सबै कुरा बाहिर आउनुपर्छ, अनुसन्धान अझै जरासम्म जानुपर्छ ।’

सरकारले अनुसन्धानको पाटोमा काम गरिरहेको र थप अनुसन्धान हुने उनको भनाइ छ ।

‘कसुर प्रमाणित भयो भने कानुनको दायरमा जो कोही पनि आउनुपर्छ ।’ उनले भने ।

उनले एक फरक प्रसंगमा आँफू भर्खरै खेलकुद मन्त्री भएको र युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहित गर्नका निम्ति काम गर्ने बताए ।

‘हामीले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘रोजगारीको सृजनासँगै युवाहरुलाई खेलकुद क्षेत्रमा स्थापित गर्नका निम्ति मेरो भूमिका रहन्छ ।’

उनले वर्तमान अवस्थामा राजनीति प्रति देखिएको चरम असन्तुष्टिले कार्यकर्तासँगै नेतृत्व सच्चिनुपर्ने समेत बताए ।

‘युवा साथीहरुले संगठन सुदृढीकरणका निम्ति काम गर्नुपर्ने देखिन्छ, अब पार्टीमा शेरबहादुर गुट र शेखर गुट भनेर हुँदैन,’ उनले भने, ‘जुनै गुट भएपनि काम गर्ने साथीहरुले अवसर पाउनुपर्छ भन्ने कुरा हो र सँगै नेतृत्वलाई सच्याउनका निम्ति वडा तहबाटै दबाब सृजना गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कांग्रेस इटहरीका युवा नेता विकास केसीले सुनसरी र मोरङमा रहेका खेलकुद संघ संस्था र खेलाडीहरुको विकासका निम्ति काम गर्नका निम्ति माग गरे ।

नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका केसीले भने, ‘खेलकुद बुझेको मान्छे खेलमन्त्री हुँदा हामी खुशी छौँ, अब युवाहरुले चाहेको खेल क्षेत्रको विकास गर्नका निम्ति हामी सबैको एकै स्वर रहेको छ ।’

कार्यकर्ता भेटघाट कार्यक्रममा सुनसरी क्षेत्र नं. २ का निवर्तमान सभापति मणिराम श्रेष्ठ, सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई, इटहरीका कार्यबाहक सभापति बालकृष्ण विष्ट, राजा क्लबका अध्यक्ष सन्तबहादुर डुम्जन, प्रेस युनियन सुनसरी सभापति पवन अधिकारी, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Tags: #कांग्रेस#नेपाली कांग्रेस#विकास केसीडिगबहादुर लिम्बू
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि
विविध

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

by रासस
असार १३, २०८३
0

भोजपुर : पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत...

अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.