Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी आएर खेलकुदमन्त्री लिम्बूले भने, ‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म जानुपर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८०
in समाचार
0
इटहरी आएर खेलकुदमन्त्री लिम्बूले भने, ‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म जानुपर्छ’
123
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल सरकारका खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अहिले देखिएको भुटानी शरणार्थी प्रकरणमा सबै कुरा बाहिर आउनुपर्ने र अनुसन्धान अझै जरासम्म जानुपर्ने बताएका छन् ।

इटहरीस्थित नेपाली कांग्रेसका नेता विकास केसीको निवासमा शनिबार भएको कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री लिम्बूले वर्तमान अवस्थामा देखिएको भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जो कोही भएपनि कारबाहीको दायरामा आउनुपर्ने र अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका उनी मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।

मन्त्री भएपछि आफ्नो गृहजिल्ला मोरङ आएका उनले सुनसरीको इटहरीमा कार्यकर्ता भेटघाटका क्रममा अहिले देशमा भ्रष्टाचारको कुरा उठिरहँदा सबै कार्यकर्ताले अनुसन्धान प्रभावित नर्पान र अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।

‘यो प्रकरणमा मेरो पार्टीको पर्यो, हाम्रो मान्छे पर्यो भन्ने हेर्नुहुँदैन,’ पत्रकारहरुको प्रश्नमा उनले भने, ‘अनुसन्धानमा हामीले सहयोग गर्नुपर्छ । सबै कुरा बाहिर आउनुपर्छ, अनुसन्धान अझै जरासम्म जानुपर्छ ।’

सरकारले अनुसन्धानको पाटोमा काम गरिरहेको र थप अनुसन्धान हुने उनको भनाइ छ ।

‘कसुर प्रमाणित भयो भने कानुनको दायरमा जो कोही पनि आउनुपर्छ ।’ उनले भने ।

उनले एक फरक प्रसंगमा आँफू भर्खरै खेलकुद मन्त्री भएको र युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहित गर्नका निम्ति काम गर्ने बताए ।

‘हामीले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘रोजगारीको सृजनासँगै युवाहरुलाई खेलकुद क्षेत्रमा स्थापित गर्नका निम्ति मेरो भूमिका रहन्छ ।’

उनले वर्तमान अवस्थामा राजनीति प्रति देखिएको चरम असन्तुष्टिले कार्यकर्तासँगै नेतृत्व सच्चिनुपर्ने समेत बताए ।

‘युवा साथीहरुले संगठन सुदृढीकरणका निम्ति काम गर्नुपर्ने देखिन्छ, अब पार्टीमा शेरबहादुर गुट र शेखर गुट भनेर हुँदैन,’ उनले भने, ‘जुनै गुट भएपनि काम गर्ने साथीहरुले अवसर पाउनुपर्छ भन्ने कुरा हो र सँगै नेतृत्वलाई सच्याउनका निम्ति वडा तहबाटै दबाब सृजना गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कांग्रेस इटहरीका युवा नेता विकास केसीले सुनसरी र मोरङमा रहेका खेलकुद संघ संस्था र खेलाडीहरुको विकासका निम्ति काम गर्नका निम्ति माग गरे ।

नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका केसीले भने, ‘खेलकुद बुझेको मान्छे खेलमन्त्री हुँदा हामी खुशी छौँ, अब युवाहरुले चाहेको खेल क्षेत्रको विकास गर्नका निम्ति हामी सबैको एकै स्वर रहेको छ ।’

कार्यकर्ता भेटघाट कार्यक्रममा सुनसरी क्षेत्र नं. २ का निवर्तमान सभापति मणिराम श्रेष्ठ, सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई, इटहरीका कार्यबाहक सभापति बालकृष्ण विष्ट, राजा क्लबका अध्यक्ष सन्तबहादुर डुम्जन, प्रेस युनियन सुनसरी सभापति पवन अधिकारी, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Tags: #कांग्रेस#नेपाली कांग्रेस#विकास केसीडिगबहादुर लिम्बू
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    755 shares
    Share 302 Tweet 189
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.