मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका विराटचौकमा रहेका दुईवटा बैङ्कहरूबाट पासवर्ड छली गरेर बैङ्कबाट पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटचौक ५ बस्ने ३६ वर्षीय देवराज सिक्देल रहेका छन् ।
सुन्दरहरैँचा नगरपालिका ४ दुलारीस्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड छली गरी विभिन्न मितिमा रकम झिकेको पाइएको छ ।
उनले २८ हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार आठ रुपैयाँ निकालेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।












Discussion about this post