झापा : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागको रेल योजना कार्यालय, झापा दमकमा वाइसिएल नेपालले तालाबन्दी गरेको छ ।
रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने र सेटिङमा कमाउधन्दा चलाएको भन्दै तालाबन्दी गरेको वाइसिएल दमक नगर कमिटी अध्यक्ष जोन बुढाथोकीले जानकारी दिए ।
यसअघि दमकमा वाइसिएल नेपालले आयोजना गरेको भ्रष्टाचारविरोधी अभियानका क्रममा वाइसिएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले एक हप्ताभित्र कार्यालय बन्द गर्न अल्टिमेटम दिए ।
अल्टिमेटमको दुई दिनपछि नै रेल योजना कार्यालयमा तालाबन्दी गरेका छन् ।
पूर्वपश्चिम रेलमार्गका नाममा कामै सुरु नगरेर कार्यालयको बोर्डमात्रै राखेर कर्मचारी नियुक्ति गरेकाले यस्तो फजुल खर्च रोक्न माग गर्दै कार्यालयमा तालाबन्दी गरिएको अध्यक्ष बुढाथोकीले बताए ।
Discussion about this post