उदयपुर : उदयपुरमा ज्यान मार्ने उद्योगमा अधिवक्ता नै दोषी ठहरिएका छन् ।
अधिवक्ता इन्द्र तामाङलाई बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजालसले अधिवक्ता तामाङलाई एक वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको हो ।
बालकलाई कुटपिट गरेको आरोपमा दोषी ठहरिएका ५४ वर्षीय अधिवक्ता तामाङलाई अदालतले ज्यान मार्ने उद्योगका कसुरदार ठहर गरेको थियो ।
बालुवा छरेको भन्दै छिमेकी ७ वर्षीय बालकलाई कुटपिट गर्ने अधिवक्ता तामाङलाई वैशाख २७ गते बुधबार अदालतले कसुर ठहर गरेको हो ।
तामाङ २०७७ असार २२ गते छिमेकी बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका थिए ।
न्यायाधीश सुवेदीको इजालसले अधिवक्ता तामाङलाई कसुर ठहर गर्दै एक वर्ष कैद, १० हजार जरिवाना र ३ लाख रुपैयाँ क्षतिपूर्ती दिलाउने आदेश भएको अदालतको सूचना अधिकारी बुद्धराज निरौलाले बताए ।
‘तामाङलाई वैशाख २७ गते माननीय न्यायाधीश सुवेदीको इजलासले ज्यान मार्ने उद्योगमा दोषी ठहरेको थियो,’ सूचना अधिकारी निरौलाले भने, ‘सजाय भने बुधबारको इजालासले तोकेको हो ।’
कानुनमा ज्यान मार्ने उद्योग ठहर भएमा १० वर्षसम्म कैद सजायको व्यवस्था छ । बालकले खेल्ने क्रममा तामाङको घर अगाडि राखेको बालुवा छरेको आरोपमा कुटपिट गरेका थिए ।
अधिवक्ता तामाङले छोरालाई टाउकोमा गम्भीर चोट लाग्नेगरी ढुंगा प्रहार गरेको बालककी आमा सम्झना तामाङले बताउँदै आएकी छन् ।
पीडितले २०७९ जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गराएका थिए । घ
Discussion about this post