मोरङ : मोरङको सुन्दरहरैँचा ५ स्थित बलिया चोकमा मिलिजुली परिवारको आयोजनामा जारी प्रथम बलिया महोत्सव २०८० मा आज (शनिबार) गायिका तृष्णा गुरुङ आउने भएकी छन् ।
साँझ ७ बजेदेखि १० बजेसम्म गायिका गुरुङको साथमा कोलाव बायन्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।
जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन हुनेछ।
लागूऔषध दुर्व्यशनीमा फसेका युवाहरूलाई पुर्नस्थापना गर्ने कार्यमा सहयोग जुटाउने उदेश्यले महोत्सवको आयोजना भइरहेको अम्बर लिम्बूले बताए ।














Discussion about this post