Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

समृद्विको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण आवश्यक : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ९, २०८०
in समाचार
0
समृद्विको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण आवश्यक : मुख्यमन्त्री कार्की
74
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्विको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् ।

प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोसी प्रदेश समृद्विका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले कोसी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्विका आधारहरू तय आवश्यक भएको बताए । प्रदेशले बनाउने योजनाहरू प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने कार्कीले बताए ।

‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरू तय गर्ने सन्दर्भमा हामी पहिलेनै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरूमा असन्तुलन हुने अवस्था रहन्छ,’ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशको संरचनागत कुरामा ध्यान दिदाँ अन्य क्षेत्रका कामहरू छुटेको प्रष्ट पार्दै यस पटकको बजेट निर्माणसँगै केही सुधार गर्ने प्रयास गरिएको उनले बताए ।

कार्यक्रममा कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको कोसी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताए ।

खानेपानी, सिचाईँ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्विका आधारहरू पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताए ।

उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशभित्रको प्राकृतिक स्रोत साधनको रूपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्व प्रदेश निर्माण गर्न सकिने बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्विकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गणेश उप्रेती लगायतले प्रदेश समृद्वका आधारहरूबारे बोलेका थिए ।

कार्यक्रममा अर्थशास्त्री प्रा. डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags: कोसी प्रदेशसमृद्विहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.