इटहरी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
६९ वर्षीया दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट पीडित थिइन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आजै बिहान अस्पताल लगिएको थियो । दाहालको आजै २ बजे अन्तिम संस्कार गरिने बताइएको छ ।














Discussion about this post