धरान : धरानमा डेढ महिनायता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चारजना संक्रमितहरूको मृत्यु भएको हो । यसबीचमा झन्डै दुई हजार जना संक्रमित भएका छन् ।
प्रतिष्ठानका अनुसार पछिल्लो समय साउन २ गते धरान–११ का ७९ वर्षीय पुरुष र धरान–१८ का ८४ वर्षीया एक महिलाको डेंगीबाट मृत्यु भएको हो ।
यसअघि जेठ २३ गते धरान–१७ की ३० वर्षीया र असार १५ गते धरान–११ की ४० वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए ।
मृतक एक जनाबाहेकमा अरुहरूमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग पनि देखिएको थियो ।














Discussion about this post