धरान–८ मा नाटक घरको शिलान्यास गरिएको छ ।
सभागृह नजिकै निर्माण हुन लागेको नाटक घरको आज शिलान्यास गरिएको हो। प्रतिनिधिसभा सदस्य जयकुमार राईले नाटक घरको शिलान्यास गरेका थिए ।
नाटक घरका लागि यसवर्ष सांसद् विकास कोषबाट उनले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

परम्परागत शैलीको निर्माण हुने नाटक घर २ कठ्ठा क्षेत्रफलमा बन्न लागेको छ । २ तले बन्ने नाटक घरको भित्री भाग भने आधुनिक बन्ने छ ।
अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटक घर निर्माण उपभोक्ता समिति गठन भएको छ ।
















Discussion about this post