इटहरी : इटहरी उपमहानगरपालिकाले भूमि करमा अत्यधिक वृद्वि गरेको छ ।
अघिल्लो वर्ष उपमहानगरपालिकाले ल्याएको आर्थिक ऐनभन्दा यसपटक ल्याएको आर्थिक ऐनमा भूमि करको दर अत्यधिक बढाइएको हो ।
इटहरी नगरसभाले पास गरेको आर्थिक ऐन २०८०/८१ अनुसार इटहरीको बजार क्षेत्रको मात्रै होइन ग्रामीण क्षेत्रको जग्गाको समेत कर बढाएको छ ।
गत वर्ष धुरको सबैभन्दा बढी २० रुपैयाँ करको दर तोकिएकोमा यस वर्ष १०० रुपैयाँसम्म पुर्याइएको छ ।
गत वर्ष सो जग्गाको भूमि कर २० रुपैयाँ लिइँदै आएको छ । गत वर्ष प्रति धुर ३ रुपैयाँ न्यूनतम २ रुपैयाँ लिँदै अहिले खेति हुने जग्गा कै प्रतिधुर ५ रुपैयाँ न्यूनतम पुर्याइएको छ ।
अघिल्लो वर्ष इटहरीकी लीलाकुमारी पौडेलले जग्गाको भूमि कर ३ हजार २७ रुपैयाँ तिरेकी थिइन् यो वर्ष उनले सोही जग्गाको १६ हजार २ सय ६५ रुपैयाँ कर तिर्नु परेको छ ।
उपमहानगरले अध्यधिक कर बढाएपछि तीव्र आलोचना सुरु भएको छ ।
यस्तो छ उपमहानगरले बढाएको भूमि कर
Discussion about this post