Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी–धरान सडक खण्डमा हत्या प्रकरण : अझै पत्ता लागेनन् दोषी, अनुसन्धानमै सीमित प्रहरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरी–धरान सडक खण्डमा हत्या प्रकरण : अझै पत्ता लागेनन् दोषी, अनुसन्धानमै सीमित प्रहरी

मृतक रोहित चौधरी ।

220
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर युवकको हत्या भएको सातादिन बितेपनि अझै दोषी पत्ता लागेको छैनन् ।

जन्मदिनको दिन साथीसँग घुम्न गएका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको साउन ५ गते चारकोसे क्षेत्रमा साँझ साढे ५ बजेतिर गोली हानेर हत्या भएको थियो ।

हत्या भएको एक साता बितेपनि जिल्ला प्रहरी कार्यालय सुनसरी भने अनुसन्धानमा मात्रै सीमित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले प्रहरी अनुसन्धानमै रहेकाले घटनामा संलग्नलाई पक्राउको नजिक पुगेको बताए । ‘हामीले अनुसन्धानको पाटो फराकिलो बनाएर अनुसन्धान गरिरहेका छौँ,’ ढकालले टाकुरासँग भने, ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, चाँडै नै प्रमाणसहित पक्राउ गरेर सार्वजनिक गर्नेछौँ ।’

उनले यसअघि लुटेरामा संलग्नहरूलाई पनि गहिरो रूपमा नियालेर अनुसन्धान गरिरहेको बताए । योजना नै बनाएर अपराध गर्ने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।

‘हामीले सुक्ष्म रूपमा प्राविधिक अनुसन्धान पनि गरिरहेका छौँ । अवैध सम्बन्धका कारण पनि हत्या हुनसक्ने कुरालाई मध्यनजर गर्दै अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘शङ्कित मान्छेहरूलाई पनि नियालिरहेका छौँ, यो घटनामा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’

उनले चाँडै दोषी पत्ता लाग्ने दाबी गरे ।

जन्मदिनको दिन करिब साढे ११ बजे प्रेमिकासँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो ।

प्रहरीका अनुसार तीनजनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको र उनीहरू तत्काल फरार भएका छन् । लुटपाटको उदेश्यले चारकोसे क्षेत्रमा गोली प्रहार गरी हत्या भएको र पछिल्लो समय लुटपाटका घटनामा समेत वृद्वि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडित परिवारले भने दोषी पत्ता नलाग्दा पीडा झन् बल्झिरहेको बताउँदै आएका छन् । प्रहरी अनुसन्धानमा मात्रै सीमित बन्दा झनै समस्या भइरहेको पीडित परिवारको भनाई छ ।

परिवारले घटनामा संलग्नको पहिचान गरी पक्राउ गरेर कडा कारबाहीको माग राखेका छन् ।

यो पनि – इटहरी– धरान सडक खण्डमा हत्या प्रकरण : मृतक रोहितको घरमा जन्मदिन मनाउने तयारी थियो…

यो पनि – इटहरी–धरान सडकखण्डको सेउती पुलमा गोली हानेर एक युवकको हत्या

Tags: #सुनसरी प्रहरी#हत्याचारकोसेटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो
विविध

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

by रासस
जेष्ठ ३०, २०८३
0

झापा : झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती शुक्रबार दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती...

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
विविध

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

by रासस
जेष्ठ २९, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.