Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

सरकारमा सहभागी हुनबाट मुस्लिम समुदाय सधैँ उपेक्षित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०८०
in विचार, समाचार
0
सरकारमा सहभागी हुनबाट मुस्लिम समुदाय सधैँ उपेक्षित

नसीम अन्सारी ।

120
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : संविधान र कानुनमा राज्यका सबै तहका निकायहरूमा समानुपातिक समावेशी सहभागीताको हक सुनिश्चित भएपनि केन्द्र र प्रदेशमा मुस्लिम समुदायका सांसद सरकारमा सधैँ नेतृत्व पाउने अवसरबाट बञ्चित भइरहेका छन् ।

संघीयता कार्यान्वयनको छ वर्षको अवधिमा संघ र प्रदेशमा हालसम्म विभिन्न दलबाट प्रधानमन्त्री, मुख्यमन्त्रीसँगै मन्त्रीहरू नियुक्त भए ।

तर, मुस्लिम समुदायबाट केन्द्रमा केही समयको लागि मात्रै सरकारमा सहभागी हुने अवसर पाए । कोसी प्रदेशसभाको पहिलो कार्यकालमा मुस्लिम समुदायबाट एक जनालाई पनि मन्त्री, न राज्यमन्त्री बनाइएको छैन ।

प्रदेशमा पहिलो कार्यकालमा एकजना मात्रै निर्वाचित मुस्लिम समुदायबाट हाजी हातिर अन्सारी सांसद थिए । पहिलो कार्यकालमा तीन पटक सरकार परिवर्तन भएर तीन मुख्य मन्त्री र ३५ जना मन्त्री हुँदासमेत मुस्लिम समुदायहरू सरकारमा सहभागी हुने अवसरबाट बञ्चित भइरहे ।

केन्द्र र प्रदेशमा कुनै पनि दलबाट मुस्लिम समुदायका सांसदहरू दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र विषयत समितिका सभापति बनाइएन । सभामुख र उपसभामुख दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बन्ने अवसरबाट मुस्लिमहरू अहिले पनि बञ्चित नै छन् । समिति बनेको छैन बनेपनि मुस्लिम समुदायबाट सभापति बन्ने सम्भावना न्यून छ ।

कोसीमा एमालेबाट पहिलो शेरधन राईपछि दोस्रो १० भदौ २०७८ मा एमालेका भीम आचार्य मुख्यमन्त्री बने । आचार्यले बनाएको नौ सदस्यीय मन्त्रिपरिषद्मा मुस्लिम समुदायलाई समावेश गरिएन । आचार्यको राजीनामापछि १५ कार्तिक २०७८ मा कांग्रेस माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री बने ।

उनले मन्त्रालयको संख्या बढाएर १३ र मन्त्रीको संख्या ९ बाट बढाएर १४ पु¥याए । तर, उनले पनि मन्त्रिपरिषद्मा मुस्लिम समुदायलाई सहभागी गराएनन् । दोस्रो कार्यकालमा गठन्धनबाट एमालेका हिक्मतकुमार कार्की २१ पुस २०७९ मा चौथो मुख्यमन्त्री बने । उनले १३ मन्त्रालयको संख्या घटाएर नौं वटामा झारे । दुईवटा मन्त्रालय आफैंसँग राखेर ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे । तर कार्कीले पनि मुस्लिमलाई मन्त्री बनाएनन् ।

उनले आफनो ६ महिने शासनकाल मुस्लिम मन्त्रीविहीन नै बनाए । त्यसपछि कांग्रेसका उद्धव थापा माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनबाट २१ असार २०८० मा कोसी प्रदेशको पाँचौ मुख्यमन्त्री नियुक्त भए । उनले चार सदस्यीय मन्त्री परिषद् गठन गर्दा मुस्लिमलाई समावेश गरेनन् ।

सभामुखको हस्ताक्षर प्रयोग गरेको भन्दै अदालतले पदमुक्त गरेपछि १६ साउन २०८० मा दोस्रोपटक थापा पुनः मुख्यमन्त्री बने । हालसम्म चार जनाको मन्त्रिपरिषद् बनेको छ । तर, मुस्लिम समुदाय भने समेटिएका छैनन् । यो मन्त्रिपरिषद्मा पनि मुस्लिम समुदायका सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागिता गराइने निश्चित छैन ।

हाल कोसी प्रदेशमा नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा डा. इस्राईल मंसुरी मात्रै एक जना मुस्लिम समुदायबाट निर्वाचित सदस्य रहेका छन् । मंसुरीले मात्रै कोसी प्रदेशमा मुस्लिम समुदायबाट प्रतिनिधित्व गरेका छन् । तरपनि मुस्लिम समुदाय अझै सरकारमा सहभागिताको अवसरबाट बञ्चित भइरहनु परेको छ ।

किनभने सदियौंदेखि अमानवीय व्यवहार भोग्दै आएका मुस्लिमहरूलाई चुनावमा भोट बैंक बनाइने र जितेपछि सरकारमा सहभागी नगराइने प्रवृत्तिले संविधानमै सुनिश्चित भएको अधिकार मुस्लिमहरूले निर्वाध उपभोग गर्न पाएका छैनन् ।

मुस्लिमहरूले नेतृृत्वका लागि आवाज उठाए भने ‘हामीले सांसद बनायौं त अब के चाहियो चुप लागेर बस ?’ भनेर नेतृत्व तहबाटै सहनु पर्दै आएको छ । राजनैतिक संघर्ष र चुनावका बेला कसम खाएर समानुपातिक समावेशी अधिकार सुनिश्चित गर्छौं भनेको कुरा स्मरण पनि गर्दैनन् ।

यसैले मेरो निष्कर्ष छ विकासको पहिलो दाबेदारका रूपमा रहेका मुस्लिम समुदायमाथि कोसी प्रदेशमा राजनैतिक दल र सरकारले संविधान उल्लंघन गरेर शोषण र विभेद गरिरहेका छन् ।

Tags: उपेक्षितनसीम अन्सारीमुस्लिम समुदाय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन...

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    379 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.