Thursday, September 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विचार

सरकारमा सहभागी हुनबाट मुस्लिम समुदाय सधैँ उपेक्षित

नसीम अन्सारी by नसीम अन्सारी
प्रकाशित मिति : २०८० साउन २४ गते, ९:५९ बजे
0
सरकारमा सहभागी हुनबाट मुस्लिम समुदाय सधैँ उपेक्षित

नसीम अन्सारी ।

62
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : संविधान र कानुनमा राज्यका सबै तहका निकायहरूमा समानुपातिक समावेशी सहभागीताको हक सुनिश्चित भएपनि केन्द्र र प्रदेशमा मुस्लिम समुदायका सांसद सरकारमा सधैँ नेतृत्व पाउने अवसरबाट बञ्चित भइरहेका छन् ।

संघीयता कार्यान्वयनको छ वर्षको अवधिमा संघ र प्रदेशमा हालसम्म विभिन्न दलबाट प्रधानमन्त्री, मुख्यमन्त्रीसँगै मन्त्रीहरू नियुक्त भए ।

तर, मुस्लिम समुदायबाट केन्द्रमा केही समयको लागि मात्रै सरकारमा सहभागी हुने अवसर पाए । कोसी प्रदेशसभाको पहिलो कार्यकालमा मुस्लिम समुदायबाट एक जनालाई पनि मन्त्री, न राज्यमन्त्री बनाइएको छैन ।

प्रदेशमा पहिलो कार्यकालमा एकजना मात्रै निर्वाचित मुस्लिम समुदायबाट हाजी हातिर अन्सारी सांसद थिए । पहिलो कार्यकालमा तीन पटक सरकार परिवर्तन भएर तीन मुख्य मन्त्री र ३५ जना मन्त्री हुँदासमेत मुस्लिम समुदायहरू सरकारमा सहभागी हुने अवसरबाट बञ्चित भइरहे ।

केन्द्र र प्रदेशमा कुनै पनि दलबाट मुस्लिम समुदायका सांसदहरू दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र विषयत समितिका सभापति बनाइएन । सभामुख र उपसभामुख दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बन्ने अवसरबाट मुस्लिमहरू अहिले पनि बञ्चित नै छन् । समिति बनेको छैन बनेपनि मुस्लिम समुदायबाट सभापति बन्ने सम्भावना न्यून छ ।

कोसीमा एमालेबाट पहिलो शेरधन राईपछि दोस्रो १० भदौ २०७८ मा एमालेका भीम आचार्य मुख्यमन्त्री बने । आचार्यले बनाएको नौ सदस्यीय मन्त्रिपरिषद्मा मुस्लिम समुदायलाई समावेश गरिएन । आचार्यको राजीनामापछि १५ कार्तिक २०७८ मा कांग्रेस माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री बने ।

उनले मन्त्रालयको संख्या बढाएर १३ र मन्त्रीको संख्या ९ बाट बढाएर १४ पु¥याए । तर, उनले पनि मन्त्रिपरिषद्मा मुस्लिम समुदायलाई सहभागी गराएनन् । दोस्रो कार्यकालमा गठन्धनबाट एमालेका हिक्मतकुमार कार्की २१ पुस २०७९ मा चौथो मुख्यमन्त्री बने । उनले १३ मन्त्रालयको संख्या घटाएर नौं वटामा झारे । दुईवटा मन्त्रालय आफैंसँग राखेर ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे । तर कार्कीले पनि मुस्लिमलाई मन्त्री बनाएनन् ।

उनले आफनो ६ महिने शासनकाल मुस्लिम मन्त्रीविहीन नै बनाए । त्यसपछि कांग्रेसका उद्धव थापा माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनबाट २१ असार २०८० मा कोसी प्रदेशको पाँचौ मुख्यमन्त्री नियुक्त भए । उनले चार सदस्यीय मन्त्री परिषद् गठन गर्दा मुस्लिमलाई समावेश गरेनन् ।

सभामुखको हस्ताक्षर प्रयोग गरेको भन्दै अदालतले पदमुक्त गरेपछि १६ साउन २०८० मा दोस्रोपटक थापा पुनः मुख्यमन्त्री बने । हालसम्म चार जनाको मन्त्रिपरिषद् बनेको छ । तर, मुस्लिम समुदाय भने समेटिएका छैनन् । यो मन्त्रिपरिषद्मा पनि मुस्लिम समुदायका सांसदलाई मन्त्री बनाएर सरकारमा सहभागिता गराइने निश्चित छैन ।

हाल कोसी प्रदेशमा नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा डा. इस्राईल मंसुरी मात्रै एक जना मुस्लिम समुदायबाट निर्वाचित सदस्य रहेका छन् । मंसुरीले मात्रै कोसी प्रदेशमा मुस्लिम समुदायबाट प्रतिनिधित्व गरेका छन् । तरपनि मुस्लिम समुदाय अझै सरकारमा सहभागिताको अवसरबाट बञ्चित भइरहनु परेको छ ।

किनभने सदियौंदेखि अमानवीय व्यवहार भोग्दै आएका मुस्लिमहरूलाई चुनावमा भोट बैंक बनाइने र जितेपछि सरकारमा सहभागी नगराइने प्रवृत्तिले संविधानमै सुनिश्चित भएको अधिकार मुस्लिमहरूले निर्वाध उपभोग गर्न पाएका छैनन् ।

मुस्लिमहरूले नेतृृत्वका लागि आवाज उठाए भने ‘हामीले सांसद बनायौं त अब के चाहियो चुप लागेर बस ?’ भनेर नेतृत्व तहबाटै सहनु पर्दै आएको छ । राजनैतिक संघर्ष र चुनावका बेला कसम खाएर समानुपातिक समावेशी अधिकार सुनिश्चित गर्छौं भनेको कुरा स्मरण पनि गर्दैनन् ।

यसैले मेरो निष्कर्ष छ विकासको पहिलो दाबेदारका रूपमा रहेका मुस्लिम समुदायमाथि कोसी प्रदेशमा राजनैतिक दल र सरकारले संविधान उल्लंघन गरेर शोषण र विभेद गरिरहेका छन् ।

Tags: उपेक्षितनसीम अन्सारीमुस्लिम समुदाय

सम्बन्धित समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु
विविध

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

by नसीम अन्सारी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
0

इटहरी : इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९...

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट
समाचार

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

by नसीम अन्सारी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
0

धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद...

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

उदयपुरमा किशोरी बलात्कृत, एक पुरुष पक्राउ

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२४ बजे

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    588 shares
    Share 235 Tweet 147
  • इटहरीकी एक महिलाको हत्या गरी शव जंगलमा फाल्न लगिएपछि…

    554 shares
    Share 222 Tweet 139
  • सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

    433 shares
    Share 173 Tweet 108
  • कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    281 shares
    Share 112 Tweet 70
  • इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना प्रहरीद्धारा सार्वजनिक

    267 shares
    Share 107 Tweet 67
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana