प्रदेशमा १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार सुनसरी, मोरङ र झापाका गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका मध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका रहेका छन् । त्यस्तै, झापाको गौरीगञ्जका एक जना र सुनसरीको कोशी गाउँपालिकाका २ जना महिलामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश एक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ३० जना पुगेका छन् । जसमध्ये २ सय ३४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
















Discussion about this post