Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

इटहरीका मेयरलाई खुल्लापत्र : कर बढाएकोमा औचित्य पुष्टि गर्नु पर्दैन ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८०
in विचार, समाचार
0
इटहरीका मेयरलाई खुल्लापत्र : कर बढाएकोमा औचित्य पुष्टि गर्नु पर्दैन ?
473
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाभित्र भर्खरै तीन सय प्रतिशत भन्दा बढी कर बढाउन नेतृत्व गर्नुहुने इटहरीका मेयर हेमकर्ण पौडेललाई नमस्कार ।

स्थानीय तहको पछिल्लो चुनाव वैशाखमा एक वर्ष भएरपनि पाँच महिना बित्न लाग्यो । यस अवधिमा इटहरीको ट्याङ्ग्रा खोलामासमेत धेरै पानी बग्यो होला । ट्याङ्ग्रा किनारमा रहेको इटहरी उपमहानगरको सिंहदरबार बाट पनि धेरै मुद्दाहरू बग्दै बाहिर निस्कँदै छन् ।

पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको महिमत्ताको गन्ध सहित निस्किएको करको करकरे हावाले अहिले इटहरीवासीमा दुर्गन्ध बढेको तपाईँ जानकार नै हुनुहुन्छ होला ।

हुन त, तपाईँले इटहरीमा सुगन्ध फैलाउनु हुन्छ भन्ने विश्वासमा एक वर्ष, केही महिना अगाडिसम्म इटहरीका बहुसङ्ख्यक जनता आशातीत थिए । त्यही भएरपनि होला इटहरीका २० वटा वडामध्ये १५ वटा वडा नेकपा एमालेले जित्दासमेत नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने तपाईँलाई मेयरमा जनताले पत्याए । इटहरीलाई समृद्ध बनाउन तपाईँको योगदान रहन्छ भन्ने आत्मविश्वास मलाई पनि थियो, आम जनतालाई पनि ।

तर, मेयर साब मेयरको कुर्सीमा बसेपछि तपाईँ मात्तिनु भयो कि, आत्तिनु भयो ? अलि परको विगत तपाईँको जे सुकै होस् । त्यसमा म जान चाहन्न, विगतमा अल्झिनु हुँदैन पनि । समयको त्यो कालखण्ड सम्झिने हो भने, तपाईँ मेयरमा निर्वाचित हुनु अगाडिको तपाईँको स्वभाव त ठिकै थियो ।

लोकतन्त्रमा तपाईँको विश्वास त देखिएकै थियो । तर, किन अचानक अहम्ता र स्वेच्छाचारी भावना बढ्यो ? तपाईँमा सत्ताको राप कि बढ्यो कि, शक्तिको आलाप ?

तपाईँ उपमहानगरको मेयर बन्दै गर्दा करोडौँको विशाल भवन बन्दै थियो, अहिलेपनि निर्माणकै क्रममा छ । पुराना मेयर बस्ने सुविधा पर्याप्त टहरोमा तपाईँलाई सहजै बस्ने ठाउँ पनि थियो । एसीसहितको सुविधा छ । शासकहरूले प्रयोग गर्ने गोप्पे कोठा थियो । टेवुल थियो । घुम्ने कुर्सी थियो । थिएन चाहिँ के त्यहाँ ?

तर, तपाईँलाई त्यो ठाउँ त नफाप्ने भयो भन्ने यदाकदा सुनिन्छ । एउटा तान्त्रिकको इशारामा अर्कै टहरो बनाउनुपर्ने अवस्था आयो । हुन त सयौँ गुणा कर बढाएकै छ, सेवाग्राहीले पार्किङ गर्ने ठाउँ मासेर लच्छिनको टहरो बनाउँदा के जान्छ र ? भन्ने नै त होला नि । नत्र भने हुँदाखादैको बस्ने ठाउँ हुँदाहुँदै पार्किङ मासेर टहरो बनाउनु पर्ने के आइलागेको थियो मेयर साप ?

कि, इटहरी उपमहानगरको कार्यालय हाताभित्र जनताले पार्किङ गर्ने हैसियत राख्दैनन् ? कि, गाडी जतासुकै राख् यो मेरो इलाका हो भन्ने सोच हो ? हुन त मैले सोच भनेर लेख्नै पर्दैन थियो । किनकि, त्यो सवालमा जनताको नियमितको अनुभूति नै काफी देखिन्छ ।

हुन त, तपाईसँग त प्रकाण्ड–प्रकाण्ड विद्वान छन् । विज्ञले सुझाव दिए होलान् पक्कै । कर बढाऔँ मेयर साप, बालै फरर।

टहरो बनाउने मात्र हैन, सचिवालय पनि आधुनिक डिस्कोमा देखिने बाउन्सरको सङ्ख्या भन्दा कम छैन । हुन त, उपमहानगरको कार्य स्टाइल सीमित साउँहरूको क्लबभन्दा माथिको त छैन । कर बढाउने हो, कहाँ खर्च गर्नु भर्ती गराउन आफ्ना मान्छेहरू भन्ने लागेको पनि होला ।

उपमहानगरलाई निजी कम्पनी जस्तो चलाएको कुरा मेरो आरोपनामा मात्र हैन है, मेयर साब । लाखौँ रकमबाट खरिद डस्टबिन, सिएफएलको बत्ती कहाँ गए भनेर कार्यपालिका बैठकमै तपाईँमाथि तपाईँका सदस्यले उठाएको प्रश्नबाट नै मेरो आरोपको पुष्टि पनि भएको छ ।

मेयर साब,

तपाई, आफूलाई लोकतन्त्रको हिमायती भनेर चिनाउने तपाईँले आफ्ना कर्मचारीलाई नगरपालिकाको विषयमा टिप्पणी वा खबरदारी नगर्न चेतावनी दिनु भएको छ रे । ठिकै छ, कर्मचारीले काम गर्ने हो । सरकारको खुद्रे आलोचना गर्दै बस्ने पनि हैन ।

तर, उपमहानगरको विरोध गर्दा आफ्ना कर्मचारी जनतालाई जथाभावी भनेको विषय चाहिँ तपाईँले नियमन गर्नु पर्दैन ? कि कार्यालयको कामको अतिरिक्त विपक्षीलाई काउन्टर गर्नु भनेर तपाईँले नै कर्मचारीहरूलाई आदेश दिएको हो ?

अलि लेख्न पनि डर लाग्छ मेयर साब तपाईँको विरुद्ध त ! आफ्नो बच्चालाई स्कूल पुर्‍याउन ठिक्क पारेको बेला आज स्कुल बन्द भनेर हजुरलाई आक्रोश पोखेपछि ती अभिभावकलाई पुलिस लगाएर थुनाएको विषय सम्झिदा पनि डर लाग्छ ।

तपाई सामाजिक सञ्जालको राम्रो युजर हो नि । किनकि, मेरा प्रतिनिधिहरु पनि सूचना प्रविधिमा जानकार छन् भन्नेमा मलाई खुशी लाग्छ यस्ता कुराबाट । तर आँफूले सामाजिक सञ्जाल प्रयोग गर्दा विद्वान र अरूले त्यही सामाजिक सञ्जालबाट तपाईँप्रति आलोचनात्मक कुरा राख्दा बकवास हुन्छ ?

अहिले हरेक नागरिकले आफ्ना प्रतिनिधिको कामलाई नजिकबाट नियालिरहेका हुन्छन् ।

हुन त मेयर साप, तपाईँलाई विरोध गर्न नै नहुने रहेछ भन्ने उदाहरण टोल विकास संस्थाको विरुद्धकै अभिव्यक्तिबाटै देखिन्छ ।

कर बढ्यो, घटाइदेऊ सरकार भनेर टोलका प्रतिनिधिले आफ्नो कुरा राख्दा नगरबाट पैसा लाग्ने, नगरलाई गाली गर्ने ? भनेर दिएको अभिव्यक्ति त बहुत गैरजिम्मेवार हो नि हैन र ?

अन्त्यमा, मेयर साब

जनताको ढाड सेक्नेगरी गरिएको राजस्व वृद्धि फिर्ता गरेर जनतालाई राहत दिन अहम् भूमिका निर्वाह गर्नुहुन समेत अनुरोध गर्दछु ।

राजस्व वृद्धिको आलोचना तपाईँले म माथिको प्रहार हो, यसलाई कुनै हालतमा घटाउँदिन भन्ने भन्ने हठ तपाईं गरिरहनु भएको छ, त्यो पटक्कै सुहाएन । जनताको सुझाव मान्नु तपाईंको कर्तव्य हो । जनप्रतिनिधिले आँफूलाई जनताको सेवक ठान्नुपर्छ । शासक ठान्ने भूल नगर्नुस् ।

यो लेखमा कुनै आवेग कुण्ठा पोखिरहेको छैन । तपाईँले गरेका गतिविधि जस्ताको त्यस्तै लिपी मात्र गरेको हो । जय नेपाल ।

(कार्की नेकपा एमाले इटहरी वडा नं. ४ का अध्यक्ष छन् । यो लेख उनको निजी हो ।)

Tags: #इटहरी उपमहानगरपालिकाखुल्लापत्रसुनील कार्कीहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1369 shares
    Share 548 Tweet 342
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    512 shares
    Share 205 Tweet 128
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.