Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टरकै संलग्नतामा शिशु बिक्री भएको खुलासा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ५, २०८०
in समाचार
0
हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टर र बाबुविरुद्ध पाँच दिनको म्याद थप
157
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु डाक्टरकै संलग्नतामा बिक्री भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरेपछि शिशु बिक्री गरेको खुलासा भएको हो ।

मोरङको कटहरी गाउँपालिका २ की दिलमाया राजवंशीले शिशु खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

२६ वर्षीया अविवाहित युवतीले जन्माएको शिशु बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शिशु बिक्रीमा प्रसूति गराउने र उपचारमा संलग्न चिकित्सक नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत असार १३ गते ग्रिनक्रस अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्ट सामान्य प्रसूतिमार्फत छोरी जन्माएकी थिइन् । उपचारमा संलग्न चिकित्सक डा. तपेश्वरलाल कर्णले नै राजवंशीलाई शिशु बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पहिले क्लिनिकमा गर्भवतीको परीक्षण गराएपछि मात्र आफू कार्यरत ग्रिनक्रस अस्पतालमा लगेर सामान्य प्रसूति गराएका थिए ।

के कति रकममा लेनदेन भयो भन्ने खोजी गर्दै छौँ । शिशु हामीले लिएर आएका छौँ, डीएसपी दाहालले भने ।

प्रहरीले घटनामा अन्यको समेत संलग्नताबारे अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गराइएको थियो ।

प्रहरीका अनुसार वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ ।

ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले डिस्चार्ज दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् ।

प्रेमी भनिएका राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ ।

उपचारमा संलग्न चिकित्सक र प्रेमीविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले डा. कर्ण र बच्चाको बाबु भनिएका गोविन्दलाई पक्राउ गरेको थियो ।

यो पनि – हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टर र बाबुविरुद्ध पाँच दिनको म्याद थप

यो पनि – विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…

 

Tags: #विराटनगरखुलासागायब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.