Thursday, September 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हस्पिटलबाटै बच्चा गायब प्रकरण : ६ जना पक्राउ, ७ लाख तिरेर शिशु किनेको बयान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० भदौ ५ गते, २२:१७ बजे
0
हस्पिटलबाटै बच्चा गायब प्रकरण : ६ जना पक्राउ, ७ लाख तिरेर शिशु किनेको बयान
501
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ४ का २७ वर्षीय गोविन्द राई, विराटनगर २ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, विराटनगर ९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजवंशी, कटहरी गाउँपालिका २ निवासी ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र सिराहा कल्याणपुर नगरपालिका १२ का ३८ निर्मला यादव छन् ।

अस्पतालबाटै गायब भएको नवजात शिशु ७ लाख खर्च गरेर आफूले पाएको दिलमाया राजवंशीले प्रहरीलाई बयान दिएकी छन् ।

अविवाहित जोडीबाट जन्म भएको नवजात शिशु डा. तपेश्वर लाल कर्णले पाँच लाख लिएको र उपचार बापत २ लाख रुपैयाँ आफूले तिरेको राजवंशीले बताएकी हुन् ।

मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीले शिशु लगेको पुष्टि भएको हो । उक्त शिशु प्रहरीले फेला पारेको छ । विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन ।

सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि नवजात शिशु लिन सात लाख रुपैयाँ खर्च गरेको बयान दिएकी हुन् ।

नवजात शिशु लिने र बेच्ने डाक्टलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए ।

युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कर्ण र अविवाहित युवतीका प्रेमी गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसलगत्तै प्रहरीले लिएको बयान लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

घटनामा डाक्टरसँग प्रेमी गोविन्दको संलग्नता कुन प्रकारको भयो भन्ने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि – हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टरकै संलग्नतामा शिशु बिक्री भएको खुलासा

यो पनि – हस्पिटलबाटै बच्चा गायब प्रकरण : डाक्टर र बाबुविरुद्ध पाँच दिनको म्याद थप

यो पनि – विराटनगरमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएपछि…

Tags: #पक्राउ#विराटनगरगायबबयान

सम्बन्धित समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु
विविध

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
0

इटहरी : इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९...

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट
समाचार

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
0

धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद...

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

उदयपुरमा किशोरी बलात्कृत, एक पुरुष पक्राउ

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२४ बजे

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    588 shares
    Share 235 Tweet 147
  • इटहरीकी एक महिलाको हत्या गरी शव जंगलमा फाल्न लगिएपछि…

    554 shares
    Share 222 Tweet 139
  • सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

    433 shares
    Share 173 Tweet 108
  • कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    281 shares
    Share 112 Tweet 70
  • इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना प्रहरीद्धारा सार्वजनिक

    267 shares
    Share 107 Tweet 67
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana