विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका हुन्।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका सांसद इस्राइल मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो।
सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको एमाले प्रमुख सचेतक भण्डारीले बताए।
यसअघि पनि असंवैधानिक ढंगबाट सरकार गठन गरिएको भन्दै एमालेले रिट दायर गरेको थियो ।
बताए।
Discussion about this post