ओखलढुंगा मानेभञ्ज्याङ ६ देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेको प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसको थियो ।
दुर्घटना हुँदा ट्याक्टर चालक बरमन गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
















Discussion about this post