इटहरी : मौलिक लोकलय तथा संगीनी भाकामा रहेको ‘भदौरे झरी’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायिका ऋचा काफ्लेको स्वरमा रहेको छ।
इटहरीका कवि गणेश खड्काको तीजको भाकाको गीत भदौरे झरीको म्यूजिक भिडियो ऋचा काफ्ले युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार तथा गायक दुर्गा पराजुलीले संगीत रहेको ‘भदौरे झरी’ गीतको एरेन्ज राजु कार्कीले गरेका छन् ।
संगीतकार पराजुलीको इटहरीमा अवस्थित सुनाखरी कला कुञ्जमा गीतको सार्वजनिक गरिएको हो ।
पराजुलीले पुराना लोक भाकाहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । उनले आँफूहरूले फाइदा लिने उदेश्य नभई लोकभाकाको संरक्षणका लागि व्यक्तिगत लगानी गरिरहेको बताए ।
तीजलाई लक्षित गरेर सार्वजनिक हुने कतिपय गीतहरूमा बढ्दो विकृतिलाई प्रोत्साहित गर्ने र गलत अर्थ दिने किसिमका हुन्छन् । त्यसैले उक्त कुराहरूलाई पन्छाउँदै गीतमा मौलिकपनसहित पारिवारिक वातावरणमा हेर्न र सुन्न मिल्ने गीत तथा भिडियो सार्वजनिक गरिएको गायिका ऋचाले बताइन् ।
सार्वजनिक ‘भदौरे झरी’ गीतको भिडियोलाई निर्देशन तथा सम्पादन शिर कुमार साम्पाङले गरेका छन् भने दिनेश राईले छायांकन गरेका हुन् । यस्तै, महेश सिग्देलले श्रिङ्गार गरेको भिडियोमा नागी डान्स सेन्टरले नृत्य गरेको छ ।
भिडियो
Discussion about this post