बिरामी कुरुवामाथि बलात्कारको प्रयास भएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा विरामीको रेखदेखका लागि बसेकी एक महिलामाथि बलात्कारको प्रयास भएको हो ।
२१ वर्षीय ती युवती माथि अपरिचित व्यक्तिबाट बलात्कारको प्रयास भएको हो ।
सुतिरहेको अवस्थामा बुधबार बिहान अपरिचित व्यक्तिले ओठमा चुम्बन गर्न थालेपिछ प्रतिकार गर्ने क्रममा फरार भएको युवतीले बताएकी छिन्।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post