विराटनगर : आरोहण गुरुकुलमा शुक्रबारदेखि विराटनगर विद्यालय नाटक महोत्सव २०८० सुरु भएको छ ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको महोत्सव विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्दै शुरुवात गरिएको हो ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकको नेताजी नामक नाटक मञ्चन गरियो ।
गुरुकुलकै विद्यार्थी भरत पराजुलीले निर्देशन गरेको नाटकमा दिपा पोखरेल, आरपी निरौला, अशोक गौतम, देवेन्द्र यादव, प्रदिप दाहाल, लकेश दंगाल, प्रेम देवान, निरज कार्की, निशान राई, दिक्षा चौधरी, प्रतिक्षा न्यौपाने, सुरेश मण्डल लगायतले अभिनय गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले नाट्यकर्मले विराटनगरलाई कला–संस्कृतिको सहरका रुपमा स्थापित गर्न मद्धत पुग्ने धारणा राखे । शुक्रबारै गुरुकुलले सन् २००७ देखि २००९ सम्म नाट्य प्रशिक्षण लिएका १२ विद्यार्थीलाई दिक्षित पनि गरेको थियो ।
भाद्र २२ गतेदेखि ३१ गतेसम्महुने महोत्सवमा आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुनेछन् ।
दैनिक २ बजे नाटक मञ्चन गरिने यो महोत्सवको १० दिनमा झण्डै ४ हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
Discussion about this post