धनकुटाको विश्रान्ति बृदाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
धरान स्थित लायन्स क्लब अफ हेल्थि नेसन र लायन्स क्लब अफ दन्तकालीबाट बृदाआश्रममा रहेका करीब ५० जनाको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
लायन्स क्लब अफ हेल्थि नेसनका महासचिव नरेन्द्र देवका अनुसार यहाँका बृदाहरुको रगत परीक्षणको लागि रगत संकलन गरि धरान स्थित बिर्तामोड डाईगोनोस्टिक जाँच गरिनेछ।
उपचारमा संग्लग्न डा देबराज घिमिरेका अनुसार सामाजिक उत्तरदायित्व र लायन्सको देश र जनता प्रतिको उत्तरदायित्व अन्तर्गत रहेर सो कार्यक्रम आयोजना गरिनु सराहनीय रहेको छ।
















Discussion about this post