Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मोरङको मिक्लाजुङमा झरीको प्रवाह नगरी कवि दीपा राई पुनको ‘कविता उत्सव’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८०
in कला साहित्य, समाचार
0
मोरङको मिक्लाजुङमा झरीको प्रवाह नगरी कवि दीपा राई पुनको ‘कविता उत्सव’
123
SHARES
Share on FacebookShare on Twitter

मोरङ (मिक्लाजुङ) : शनिबार मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकाको सीमा स्तम्भ कुइनेटारमा अरूदिनभन्दा फरक माहोल थियो ।

लगातारको झरी, हावाहुरीले कुइनेटार क्रुद्ध भएको थियो । तर, झरी हावाहुरीको कुनै प्रवाह नगरी सुनसरी, मोरङ, झापा, इलामका स्रष्टाहरू कुइनेटारमा आउन थालिसकेका थिए ।

बिस्तारै कुइनेटारको आकाश पनि खुल्दै गयो । पूर्वभरिबाट जम्मा भएका लेखक कविहरू कुइनेटारका खुला आँगनमा निस्किए । खास यहाँ लेखक कविहरूआउने सन्दर्भ भने कवि तथा गीतकार दीपा राई (पुन)को नवीनतम कृति ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ कविता उत्सव मनाउनु थियो ।

कुइनेटारमा कवि पुनको कविता उत्सव हुँदै गर्दा स्वयम् कवि भने संयुक्त राज्य अमेरिकाको बोस्टनमा निन्द्रासँग मस्त थियो । कविको अनुपस्थितिमै उनका तीन दर्जन बेसी पूर्वका कविहरूले वाचन गरेर उत्सव मनाइरहेका थिए ।

कवि सभ्यता निरौलाले ‘फूल र म’ शीर्षकको कविता वाचन गरेर सुरु भएको कार्यक्रममा मोरङ रङ्गेलीका कवि रमेशचन्द्र अधिकारीले ‘परदेशी पीर’ शीर्षकको कविता वाचन गरे । इलामका कवि सुन्दर कुरुपले ‘जीवन अनुभूति’, विवश बलिभद्र कोइरालाले ‘हार छैन स्वीकार’ शीर्षकको कविता वाचन गरे ।

यस्तै, विराट किराती, अभागी थेगुवा, राजकुमार अनिश्चि, साङसेन पन्धाक, सुमन राई, मुना आत्रेय, यज्ञ परिश्रमी, कृष्ण उदाशी, निहाङ किराती, टीका राष्टप्रेमी, राजेन्द्र विवश, सकुन्तला मन्जरी, दीपक दियालो, साइप्रिया बराललगायत ३ दर्जन कविहरूले डेढघन्टा सम्म लगातार कविता उत्सव मनाइरहे ।

‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ उत्सवमा कार्यक्रमका विशेष व्यक्तित्व कवि मनु मञ्जिलले दीपा राई पुनको कविता पढ्दा मेडिटेसनको एउटा चरणमा प्रवेश गरिने बताए ।

कविताबारे धारणा राख्दै उनले भने, ‘प्रकृति सँग रम्ने कवि दीपाका कविताहरू स्वयम् प्रकृति जस्तै लाग्छन् । कवितामा बनावटी केही छैनन् । सफा हृदयले जे छोएपनि त्यो सुन्दर देखिन्छ ।

कवि दीपाका कविताहरू तिनै सुन्दर मनको अभिव्यक्तिहरू हुन् । बिद्रोह वा क्रान्तिका कविता लेख्दापनि शालीन शैलीमा व्यक्त हुनु असाधारण कुरा हो ।’

कार्यक्रममा कुइनेटार धार्मिक तथा पर्र्यटन व्यवस्थापन समितिका उपाध्यक्ष केबी किरातले साहित्यलाई पर्यटनसँग जोडेर पुलको काम गर्नाले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मिक्लाजुङ साहित्य समाजको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समाजका अध्यक्ष कवि गगन योक्पाङदेनले आगामी दिनहरूमा समेत साहित्य र पर्यटनलाई एकसाथ लैजाने योजना रहेको सुनाए ।

खासगरी उत्तरी मोरङ मिक्लाजुङमा पछिल्लो समय कवि हेमन यात्रीले शिक्षा, साहित्य र पर्यटनलाई जोड्नका निम्ति सक्रियता देखाउँदै आएका छन् ।

उनले कवि पुनको यो कविता उत्सवले स्थानीय पर्यटन प्रवद्र्वनकोसमेत विकास हुने बताए । कवि यात्रीले यसअघि कवि, लेखहरूसँगको सहकार्यमा मिक्लाजुङमा यसअघि विद्यालयको स्तरोन्नतिमासमेत सक्रियता देखाएका थिए ।

 

Tags: #साहित्यउत्सवकवितादीपा राई पुनमिक्लाजुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.