इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
अत्यधिक कर वृद्वि भएको भन्दै इटहरी वडा नं. २ को कार्यालयमा स्थानीयबासीहरूले मंगलबार (आज) तालाबन्दी गरेका हुन् । दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका हुन् ।
आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए ।
मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ ।
स्थानीयले उठाएको माग सुनुवाइ नभए चरणबद्द रूपमा आन्दोलन गर्ने उनको भनाइ छ ।













Discussion about this post