विराटनगर : धनकुटा, उदयपुर र भोजपुर जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियानअनुसार असोज २६ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभूमी गाउँपालिका १, ३, ७ नम्बर वडाका २३ रोपनी जग्गामा लगाएको ५७ सय गाँजाको बोट नष्ट गरेको छ ।
यसैगरी उदयपुरको जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ७ र ताप्ली गाउँपालिका २ स्थितका विभिन्न क्षेत्रमा लगाएको करिब ६२ हजार १ सय ५० बोट गाँजाको बोट नष्ट गरेको छ ।
उता, भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थितमा रहेको १८ रोपनी जग्गामा लगाएको करिब तीन हजार पाँच सय गाँजाको बोट इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको छ ।














Discussion about this post