सुनसरीका एक प्रहरी हवल्दारले आफैँमाथि गोली चलाएका छन् ।
जिल्ला अदालत सुनसरीमा कार्यरत प्रहरी हवल्दारओम प्रकाश खतिवडाले आफैँमाथि गोली चलाएका हुन् ।
घाईते भएका खतिवडाको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले जानकारी दिए ।
खतिवडा सुनसरी जिल्ला अदालतका न्यायाधीश शंकर ब राईको बडिगार्ड समेत हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको शर्माले जानकारी दिए ।
















Discussion about this post