इटहरी : ‘द जर्नी अफ डेथ’ सर्ट चलचित्रको छायांकन सम्पन्न भएको छ ।
रितेशजंग खत्रीको कथा तथा भीषण राईको निर्देशनमा तयार भएको सर्ट चलचित्रको छायांकन सम्पन्न भएको निर्माण युनिटले जनाएको छ ।
उदयपुर, धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगबाट चेफामा (नदीमाथि बाँस बगाएर तराई झार्ने) हरूबारे तयार गरिएको छोटो चलचित्र ‘द जर्नी अफ डेथ’ को छायांकन सकिएको इटहरीमा भेटघाट गरी जानकारी दिइएको छ ।
चेफासँगै मानिसले ज्यान नै गुमाएको कथालाई चलचित्रमार्फत दृश्यमा देखाउने प्रयास गरिएको बताइएको छ । चलचित्रमा रितेशजंग खत्री, दीपा पोख्रेल र बाल कलाकार कृष्टिणा पौडेलको अभिनय रहेको छ ।
४ दिन लगाएर छायांकन गरिएको ‘द जर्नी अफ डेथ’ करिब २५ मिनेटको रहेको बताइएको छ ।

Discussion about this post