थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका २ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् ।
असार १४ गते बिहान १० बजे गढी गाउँपालिका २ पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा आज सोही खोलामा रुखमा अड्किरहेको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
















Discussion about this post