इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सुनसरीका नायब सुब्बा र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा कटुवाल र अधिकारीविरुद्ध बिहीबार (आज) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार घुस मागको सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असोज १२ गते उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।
Discussion about this post