खोटाङ : खोटाङको रावाबेसी गाउँपालिकामा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय काकालाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको अवस्थामा बुधबार जबरजस्ती करणी गरेका उनलाई सोहीदिन प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बालिकाको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए ।
उनका अनुसार अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ ।












Discussion about this post