Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि देवीप्रसाद मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८०
in कला साहित्य, समाचार
0
कवि देवीप्रसाद मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ लोकार्पण
101
SHARES
Share on FacebookShare on Twitter

कवि देवीप्रसाद मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ विमोचन भएको छ ।

भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ विमोचन गरेको हो । १२ जना कवि एवम् साहित्यकारहरूले कविता संग्रह विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा सहभागीहरूले ‘वधु मञ्जरी’ खण्डकाव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रूपमान्तरणमा कला र साहित्यको महत्वपूर्ण भूमिका रहने भन्दै कविता संग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुईसय वर्षअघि वधू शिक्षा लेखेर त्यस समयको सामाजिक परिवेशमा बुहारीले राख्नुपर्ने सजगता र गर्नुपर्ने कर्तव्य सिकाएकमा अहिले समय, समाज धेरी परिवर्तन भइसकेको बताए ।

‘वधु मञ्जरी’ खण्डकाव्यले आदिकविको समय भन्दा दुईसय वर्ष पछाडिको आजको समाजको चित्रण गरेको बताउँदै उनले भने, “अहिले युग फेरिएको छ । हाम्रा पारिवारिक सोचाई भिन्न हुँदै गएका छन् । कविवरले वधू मञ्जरीलाई नयाँ आलोकमा उतार्नु भएको छ ।’

कार्यक्रमामा छन्द कविताका अभियन्ता एवम् समिक्षक प्रा. डा. देवी नेपालले कृतिमा उल्लेख भएका दुईसय चौरासी श्लोकमा सबैभन्दा बढी सार्दुल विक्रिडीत छन्दको प्रयोग भएको बताउँदै उक्त कविताहरूमा बुहारीलाई उपदेश मात्र नभएर कविको बुढ्यौली समेत प्रवेश भएको बताए ।

उनले भने, “खण्डकाव्य उपदेशक मात्र नभएर जीवनबोध गराउने सन्दर्भले समेत भरिएको छ । जीवनलाई हेर्ने सन्दर्भमा अन्त्यन्तै सुन्दर पक्षहरु समेटिएका छन् ।”

‘ऋषितुल्य मानिसले जीवनको उपदेशमा शिक्षालाई बढी महत्व दिने’ सन्दर्भ उल्लेख गर्दै नेपालले ‘जीवन बोध गरेको मानिसले चै जीवन र समाजको यथार्थ बोध गराउने उनको भनाई छ ।

कार्यक्रममा एजिङ नेपालका अध्यक्ष एवम् ब्यङ्ग कवि कृष्णमुरारी गौतम (चट्याङ्ग मास्टर), चन्द्रयुग महाकाव्यका रचनाकार कवि एवं साहित्यकार, कवि चन्द्रप्रसाद न्योपाने, साहित्यकार एवं कवि भक्तबहादुर नेपाली, हास्यकलाकार मनोज गजुरेल, कवि एवम् आख्यानकार माधव बिडारी लगायतले कवि देवीप्रसाद मिश्रलाई कृति प्रकाशन गरेकोमा बधाई दिएका थिए ।

ओरेन्टल पब्लिकेसनका संचालक हरि गौतमको सभापतित्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसे, छन्द अभियन्ता एवं समीक्षक प्रा.डा. देवी नेपाल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल, प्रा.डा. मदन बहादुर सिंह, लेखक एवम् साहित्य सितल गिरी, कवि लुमणिप्रसाद खनाल, उपन्यासकार माया शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जीवनाथ अधिकारीले सञ्चालनमा गरेका थिए ।

Tags: कवितादेवीप्रसाद मिश्रविमोचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?
FEATURE BREAKING

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

by अभिमन्यु अभिजित
अशोज १, २०८३
0

इटहरी : यही भदौको २५ र २६ गते अर्थात् बिहीबार र शुक्रबार सुनसरीका विभिन्न स्थानबाट प्रहरीले फरक फरक मुद्दामा दोषी ठहर...

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय
समाचार

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

चतरा । बृहत्तर वराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र...

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३
इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.