आन्तरिक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १ सय ७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ ।
१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङगणमा आज एक कार्यक्रमको आयोजना गरी आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।
चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ–नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको बताए।
मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टि.भी.एस. कम्पनीको १ सय ६० सी.सी.को अपाचे मोटरसाईकल ९० थान, बजाज कम्पनीको १५० सी.सी को पल्सर मोटरसाईकल ८० थान र यमाहा कम्पनीको १२५ सी.सी. को यमाहा स्कुटर १० थान गरी कुल १ सय ८० थान सवारी साधन उपलब्ध गराएको हो ।
यसैगरी ट्राफिक ब्यबस्थापनमा सहजताका लागि मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीलाई समेत १० थान मोटरसाईकल हस्तान्तरण गरेको थियो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) संञ्जीब शर्मालाई उक्त चाबी हस्तान्तरण गरिएको थियो ।
















Discussion about this post