Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

धरानमा पर्यटन प्रवर्द्धन गर्दै श्रम संस्कृति उद्यान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०८०
in भिजिट नेपाल, विविध, समाचार
0
धरानमा पर्यटन प्रवर्द्धन गर्दै श्रम संस्कृति उद्यान
89
SHARES
Share on FacebookShare on Twitter

धरान : सुनसरीको धरान उपमहानगरपालिका-१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ ।

पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् ।

काठमाडौँबाट साथी धनरत्न महर्जनका साथमा उद्यान घुम्न पुग्नुभएका राजेन्द्र राई खेर गएको ठाउँको सदुपयोग गरेर आकर्षक उद्यान निर्माण गरेको थाहा पाएपछि औधी खुसी हुनुभयो । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उहाँका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमुना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्त्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ । उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् ।

उद्यानका ठाउँ ठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुन्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् । उद्यान युवापुस्ताका लागि साथीहरूसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ ।

इटहरीकी रमा लिम्बु साथीहरूको समूहमा उद्यान घुम्न पुग्नुभयो । “यहाँ फूल संरक्षण गरिएको साह्रै मनपर्छ”, उहाँले भन्नुभयो, “खानेपानी, शौचालयलगायत सुविधा छ, यहाँ बारम्बार आउन मन लाग्छ ।”

उद्यान निर्माण हुनभन्दा पहिला सर्दु खोला पुल छेउमै बिपी उद्यान र ओशो उद्यान निर्माण गरिएका थिए । धरानमा पुराना रङ्गकर्मी तथा निर्देशक खगेन्द्र पन्धाक र गायक कञ्चन थलङ यो क्षेत्र पदयात्राका लागि पनि उपयुक्त भएको बताउनुहुन्छ ।

“यहाँबाट भेडेटारसम्मको पदमार्ग निर्माण गरेर यो उद्यानलाई प्रस्थान विन्दु बनाए पर्यटनको विकासमा मद्दत पुग्छ”, गायक थलङले भन्नुभयो । उद्यानमा नियमित पुगिरहने रङ्गकर्मी तथा निर्देशक पन्धाक धरानमा नयाँ पर्यटकीयस्थल थपिएकामा खुसी हुनुहुन्छ । “यो ठाउँमा उद्यान निर्माण भएपछि धरानको पानीको स्रोत पनि संरक्षण भएको छ”, उहाँ भन्नुहुन्छ ।

धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षारोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छदेखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ । उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् । उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम, दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन् ।

स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण गरिएको छ । दाताको ११ लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो । चौतारामा सुस्ताउँदै गरेकी भेटिनुभएकी  बेलायतबाट आउनुभएकी देविका राई (लिम्बू) आफूले सानो छँदा देखेको खोलाको बगर र झाडीमा अहिले ढकमक्क फूल फूलेको र उद्यान बनेको देखेर हर्षित हुनुहुन्छ ।

बेलायतबाट आउनुभएका धरान समाज युकेका सल्लाहकार किरणकुमार सुब्बा उद्यान धरानको पर्यटन विकासका लागि महत्त्वपूर्ण माध्यम बनेको बताउनुहुन्छ । उद्यान निर्माणका लागि उहाँले तीन लाख सहयोग जुटाउनुभएको थियो । उद्यानमा न्यूनतम प्रवेश शुल्क राखेर त्यसबाट उठ्ने रकमले यसको व्यवस्थापन गर्नुपर्ने सुब्बाको सुझाव छ ।   

Tags: #धरान#पर्यटन#भिजिट नेपाल#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    606 shares
    Share 242 Tweet 152
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.