Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा ‘टाइम कार्ड’मार्फत सफारी व्यवस्थापन हुँदै, यसरी गर्नुहोस् उपमहानगरमा दर्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ८, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा ‘टाइम कार्ड’मार्फत सफारी व्यवस्थापन हुँदै, यसरी गर्नुहोस् उपमहानगरमा दर्ता
178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको मुख्य राजमार्ग आसपास सिटी सफारीका चालकहरू यात्रुहरूलाई भनिरहेको भेटिन्छन् – ‘जाँउ है जाँउ ।’

सार्वजनिक यातायातबाट इटहरी टेक्न नपाउँदै सफारी चालकको घेराबन्दीमा पर्ने यात्रुहरू छिन–छिनमा एउटा स्टेसनबाट अर्को स्टेसनमा पुगिरहेका हुन्छन् ।

बढ्दो सफारी चापका कारण एउटा कुनामा भेटिएको सिटी सफारी केही छिनपछि अर्को कुनामा उसै गरी ‘जाँउ है जाँउ’ भन्दै पुगिरहेको भेटिदाँ यात्रुहरूलाई सजिलो त भएको छ । तर, उस्तै आजित पनि भएका छन् ।

इटहरी चोकमा मात्रै दैनिक तीन सयदेखि चारसय सफारी यात्रुको प्रतीक्षामा रहने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यसरी चोक आसपासमा सफारीले फन्को लगाउँदा इटहरीको मुख्य चौकमा जाम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

सफारीका कारण अहिले इटहरीमा पार्किङ्ग व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । इटहरीको सडक व्यवस्थापनमा चुनौती बनेका सफारी इटहरी उपमहानगरपालिकामा दर्ता भएका मात्रै छैनन् । ग्राहकको पर्खाइ र कमाइको आशामा सुन्दरहरैँचा, दुहबी, रामधुनी लगायतमा सञ्चालन अनुमति पाएका सफारी पनि इटहरीमा आउने गरेका छन् ।

यातायात व्यवस्था कार्यालयमा दर्ता हुँदा सफारीहरूलाई कहाँ–कहाँ सञ्चालन गर्ने भनेर रुटको व्यवस्था गरिएको छ ।

नियमानुसार जुन पालिकामा दर्ता भएका हुन् र जुन रुटमा सञ्चालन अनुमति पाएका हुन् त्यही स्थानमा सफारी सञ्चालन गरिनुपर्ने व्यवस्था छ । तर, छिमेकी पालिकामा दर्ता भएका सिटी सफारी पनि इटहरी नगरभित्रै सञ्चालन हुँदा समस्या भइरहेको स्वयम् सफारी चालकहरू नै बताउँछन् ।

‘यात्रु पाइँदैन त्यसमाथि अन्य पालिकामा सञ्चालन अनुमति पाएका सफारी चालकसमेत इटहरी चोकमा ग्राहक कुरेर बस्दा समस्या भइरहेको छ,’ एक सफारी चालकले भने, ‘हामी पालिकामा कर तिर्ने अरू कर नतिरी कमाएर जाने । यसले हामीलाई समस्या भइरहेको छ ।’

अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक सङ्घ कोसी प्रदेशका अध्यक्ष कुमार तामाङले सबै सरोकारवालासँगको सहकार्यमा उपमहानगरपालिकाले दर्ता प्रक्रिया र टाइम कार्डको व्यवस्था लागू गरेको बताए । उपमहानगरले टाइम कार्ड लागू गर्ने निर्णय सकारात्मक भएको उनको भनाइ छ ।

‘पार्किङ्गको व्यवस्थापन नहुँदा समस्या भएको छ । टाइम कार्डको व्यवस्थाले पार्किङ्ग व्यवस्थापन हुनेमा विश्वास छ ।’ उनले भने ।
इटहरी उपमहानगरले लागू गरेको नियमले फाइदा हुने उनले भनाइ छ । उनले व्यवसायलाई मर्यादित बनाउन उपमहानगरले सुरु गरेको कामलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

नेपाल इ–रिक्सा चालक सङ्घका अध्यक्ष ङणिन्द्रप्रसाद तिम्सिनाले उपमहानगरपालिकाले सुरु गरेको सफारी व्यवस्थापनको प्रक्रियाको सुरुआत सकारात्मक भएको बताए ।

तिम्सिनाले सुन्दरहरैँचा र इटहरीका सफारी चालकहरू सङ्घसँग बसेर टाइम कार्ड र दर्ता प्रक्रिया सुरु भएको बताए । यसले सफारी व्यवस्थापनमा मद्दत पुग्ने र सहरमा देखिएको ट्राफिक व्यवस्थापनको चुनौती कम हुने उनले बताए ।

यसरी गर्दैछ उपमहानगरले सफारी व्यवस्थापन

कोसी प्रदेशमा छोटो दूरीमा यात्रु बोक्ने र मालसामान ओसार्ने सजिला सवारीका साधन हुन्, सिटी सफारी । सस्तो मूल्यमा सजिलो र छिटो तरिकाले यात्रा गर्न सफारीको अहिले विकल्प छैन । ब्याट्री जडान भएका सफारी वातावरणमैत्री समेत भएका कारण सफारीमा सबैको आकर्षण छ ।

सफारीले स्थानीय स्तरमा रोजगारी समेत सृजना गरेका छन् । सस्तो मूल्यमा उपलब्ध हुने सफारी प्रदेशको मुख्य चोक इटहरीमा ७० सालको सेरोफेरोबाट सञ्चालनमा आएको हो ।

विना मापदण्ड र अध्ययनविना भित्रिएका सफारीका कारण सडक व्यवस्थापनमा चुनौती थपिएपछि २०७३ असोजमा ट्राफिक प्रहरीले मुख्य सडकमा सफारी सञ्चालन गर्न नदिने निर्णय ग¥यो ।

निर्णय कार्यान्वयनमा ट्राफिक प्रहरीले काम थालेपछि इटहरीमा सफारी चालकहरूले आन्दोलन गरे । उनीहरूले मुख्य सडकमा पनि सञ्चालन गर्न पाउने माग राख्दै बन्द आव्हान गरेपछि प्रहरीले बल प्रयोग ग¥यो ।

अश्रुग्याँस र गोलीचल्दा केही सफारी चालक घाइतेसमेत भए । ‘रगत दिन्छौँ, सडक छाड्दैनौँ’ भन्दै सफारी चालकहरूको आन्दोलन गरेपछि ट्राफिक प्रहरी आफ्नो निर्णयबाट पछि हट्यो ।

यसपछि पनि इटहरीमा सफारी भित्रने क्रम रोकिएन । सडकमा क्षमताभन्दा बढी सफारी सञ्चालनमा आएपछि सफारी व्यवस्थापनका लागि इटहरी उपमहानगरले पटकपटक प्रयास थाल्यो ।

उपमहानगरपालिकाले रुटको व्यवस्था गर्दै सफारीका लागि पार्किङ्ग स्थल समेत तोक्यो । तर, त्यो पनि कार्यान्वयनमा आउन सकेन ।
अनौपचारिक तथ्याङ्कअनुसार उपमहानगरपालिका क्षेत्रभित्र तीन हजार हाराहारीमा सफारी सञ्चालनमा रहेका छन् ।

तिनीहरूको व्यवस्थापनका लागि उपमहानगरले यही पुस २ गतेबाट टाइम कार्डको व्यवस्था सुरु गरेको छ । यस्तै, इटहरी उपमहानगरपालिकामा दर्ता प्रक्रियाका लागिसमेत सूचना जारी गरेको छ ।

इटहरीमा बसोबास गर्ने कतिले सफारी सञ्चालन गर्छन् ? यसको आधिकारिक तथ्याङ्क राख्न नगरले दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ ।
पुस १५ गतेसम्म दर्ता गर्दा सफारी चालकले कुनै पनि शुल्क तिनु पर्नेछैन ।

यसका लागि इटहरी उपमहानगरमा स्थायी बसोबास गरेको प्रमाण आवश्यकता पर्दछ । इटहरीकै नागरिकता भए थप सहज हुने प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बताउँछन् । नागरिकता नभएको अवस्थामा बसाइँसराई आवश्यक हुने उनले बताए ।

इटहरीमा स्थायी बसोबास भएको प्रमाणका आधारमा सफरीको कागजात हेरेर सफारी दर्ता प्रक्रिया सुरु गरिएको मेहताले बताए । उनले सफारी दर्तापछि उपमहानगरले सफारी सञ्चालनका लागि रुटसमेत दिने बताए ।

यसरी रुट पाएका सफारीले आफ्नो रुटमा सफारी चलाउन पाउने र यसका लागि उपमहानगरले पार्किङ्ग स्थलसमेत उपलब्ध गराउने भएको छ । इटहरीका मेयर हेमकर्ण पौडेलले दुवै पालिकाका मेयर सफारी चालक सङ्घ संस्थाका प्रतिनिधि बसेर टाइम कार्डको नियम बनाइएको बताए ।

बिमा नभएका, कागजपत्र नभएका सफारी दुर्घटना हुँदा समस्या भइरहेकाले सबै कुराको व्यवस्थापन जरुरी भएकाले टाइम कार्ड लागू गरिएको पौडेलले बताए ।

बाहिरका लागि के छ व्यवस्था?

इटहरी उपमहानगरमा अहिले कति सफारी आउँछन् भन्ने यकिन तथ्याङ्क छैन । तर, मोरङको सुन्दरहरैँचाबाट मात्रै दैनिक एक सय ५० देखि दुई सयको संख्यामा सफारीहरू इटहरी आउजाउ गर्ने गरेका छन् । यस्तै, उही संख्यामा सुनसरीको दुहबी र रामधुनी नगरबाट इटहरी आउने बताइएको छ ।

नियमानुसार अन्य पालिकामा दर्ता भएका सफारीहरू यात्रु र सामान बोकेर इटहरी आउन पाउँछन् । सिमानामा आएर ती सफारीहरूले इन्ट्री गर्नुपर्ने व्यवस्था छ । इन्ट्री हुँदा कहाँ पु¥याउने हो र कति समयमा फर्किने हो भनेर लेखिन्छ । इन्ट्री भएको अधिकतम् एक घण्टाभित्र आफ्नै पालिकामा फर्कनुपर्ने र यसरी लेखेको समयमा नफर्किए जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

एकपटक यात्रु अथवा माल सामान बोकेर आउन पाइन्छ । तर, कहाँ पुग्ने हो र कति समयमा फर्कने हो भनेर टिपाउनु पर्ने व्यवस्था भएको सुन्दरहरैँचाका सफारी चालक विष्णु बन बताउँछन् ।

नियमको पालना हुन्छ : ट्राफिक

इटहरी उपमहानगरले सुरु गरेको टाइम कार्ड र सफारी व्यवस्थापनको नियम लागू हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले बताए ।

उनले स्थानीय तहसँगको समन्वयमा लागू भएको नियम कडाइका साथ लागू गरिने बताए । उनले कतिपय सफारी चालकसँग लाइसेन्स नभएकालेसमेत समस्या भएको छ । यस्तो सफारीले बिमा नगरेका र कागजात नभएका कारणसमेत समस्या भइरहेको उनले बताए ।
सबैसँगको समन्वय र सहकार्यमा सफारी व्यवस्थापनको काम हुने उनको भनाइ छ ।

सफारीका कारण दुर्घटना निम्तिरहेका कारण पनि यसलाई रोक्न उपमहानगरले लगाएको नियम प्रभावकारी हुने उनको विश्वास छ ।

 

– ADVT

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषसफारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.