बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा एम्बुलेन्सबाट गाँजा तस्करी हुने गरेको पाइएको छ।
धनकुटाबाट सप्तकोसी नदी हुँदै तस्करी गरी चतरा ल्याएर एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा सुनसरी प्रहरीले एम्बुलेन्ससहित गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सप्तकोसी किनारमा मे १ च ५१९ नम्बरको एम्बुलेन्समा गाँजा लोड गर्दै गरेको अवस्थामा एम्बुलेन्स र २६६ केजी ४०० ग्राम गाँजा बरामद गरिएको हो ।
प्रहरीले गाँजा र एम्बुलेन्स बरामद गरेपनि तस्करीमा संलग्न व्यक्ति र एम्बुलेन्स चालक फरार भएका छन् ।
डीएसपी भण्डारीले चालक र गाँजा तस्करी गर्ने व्यक्तिको पहिचान भएकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए।
Discussion about this post