जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागूऔषध सहित सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादब, कोशी गाउँपालिका ६ कै बीरेन्द्र मरवैता यादब, बराहाक्षेत्र १ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बीरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन् ।
कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई नियन्त्रणमा लिएसँगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका हरुको साथबाट ३२६ बोतल डाईलेक्स डि.सी., स्पास्मोपोक्सिवन १ हजार ८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका सातैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post